नियम ३६
लिलाम स्वीकृत गर्ने वा पुन लिलाम बिक्री गर्ने
(१) नियम ३५ बमोजिम पेश हुन आएको बोलपत्र वा सिलबन्दी दरभाउपत्र सोही सूचनामा उल्लिखित स्थान र समयमा खोली सम्बन्धित भन्सार अधिकृतले कबोल रकमको तुलनात्मक विवरण वा खुला बोलकबोलद्वारा डाक बढाबढ भएकोमा सोको मुचुल्का तयार गर्नु गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको तुलनात्मक विवरण वा मुचुल्काका आधारमा न्यूनतम मूल्य वा सोभन्दा बढी रकम कबोल गर्ने व्यक्तिको कबोल अङ्क स्वीकृत गर्नु पर्नेछ । न्यूनतम मूल्यभन्दा बढी कवोल गर्ने व्यक्ति एकभन्दा बढी भएमा सबैभन्दा बढी अङ्क कवोल गर्नेको कबोल अङ्क स्वीकृत गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम कबोल अङ्क स्वीकृत भए पछि लिलाम सकार गर्ने व्यक्तिलाई सात दिनभित्र बाँकी रकम भुक्तानी गरी मालवस्तु उठाई लैजाने सूचना दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको म्यादभित्र बाँकी रकम भुक्तान गरी मालवस्तु उठाई नलगेमा निजको धरौटी जफत गरी न्यूनतम मूल्यभन्दा बढी कबोल गर्ने क्रमशः दोस्रो, तेस्रो वा चौथो घटिवालाको कबोल अङ्क स्वीकृत गर्न सकिनेछ । यसरी घटीवालाको कबोल अङ्क स्वीकृत गर्दा पनि लिलाम बिक्री हुन नसकेमा धरौटी जफत गरी पुन लिलाम गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम पुन लिलाम बिक्री गर्नु पर्ने भएमा दोस्रो पटक बोलपत्र, सिलबन्दी दरभाउपत्र वा बोलकबोलको सूचना प्रकाशन गर्दा सात दिनको म्याद दिई सूचना प्रकाशन गर्न सकिनेछ ।
(६) उपनियम (५) बमोजिम दोस्रो पटक सूचना प्रकाशित गर्दा पनि न्यूनतम मूल्यमा कसैले लिलाम सकार गर्न नआएमा नियम ५४ बमोजिमको समितिबाट पुन मूल्याङ्कन गराई संशोधित न्यूनतम मूल्य कायम गरी नियम ३५ बमोजिम सूचना प्रकाशन गरी लिलाम बढाबढ गराउनु पर्नेछ । यसरी पुन मूल्याङ्कन गरिएको मूल्यमा पनि लिलाम बढाबढ हुन नसकेमा भन्सार अधिकृतले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रतिनिधिको रोहवरमा मूल्याङ्कन गरी सिधै बिक्री गर्न सक्नेछ ।
(७) उपनियम (६) बमोजिम समेत लिलाम हुन नसकेका मालवस्तुको हकमा महानिर्देशकको स्वीकृति लिई त्यस्तो मालवस्तुको लगत कट्टा गरी नियम २५ बमोजिम नष्ट गर्नु पर्नेछ ।
(८) उत्पादन भएको मितिले दश वर्ष नाघेका दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे सवारी साधन र पन्ध्र वर्ष नाघेका चारपाङ्ग्रे वा अन्य सवारी साधन वा इञ्जिन नम्बर वा चेसिस नम्बर वा उत्पादन वर्ष नखुलेका वा अधिकांश पार्टपुर्जा झिकिएका वा भौतिक अवस्था कमजोर भई मर्मत तथा सञ्चालन गर्न लागतका दृष्टिकोणले उपयुक्त नदेखिएका सवारी साधन लिलाम गर्दा लिलाम सकार गर्ने व्यक्तिकै खर्चमा पुन सवारी साधनको रूपमा प्रयोगमा आउन नसक्ने गरी पत्रु बनाई सो व्यहोरा प्रज्ञापनपत्रमा नै उल्लेख गरी लिलाम गर्नु पर्नेछ ।
(९) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जफत भई वा भन्सार कार्यालयबाट छुटाई नलगी नेपाल सरकारको हुन आएकोे सुन, चांदी, हिरा, जवाहरात, अमूल्य खनिजपदार्थ वा यसबाट वनेका गहना तथा अन्य वस्तुहरू नेपाल राष्ट्र बैंकले खरिद गर्ने भएमा सो बैंकमा दाखिला गर्न पठाई प्रचलित मूल्य बमोजिम बिक्री गर्नु पर्र्नेछ । नेपाल राष्ट्र बैंकले खरिद नगरेमा वा आंशिक रूपमा मात्र खरिद गरी बाँकी रहेमा त्यस्ता वस्तुहरू विभागको स्वीकृत लिई यस नियमावली बमोजिम कायम भएको मूल्यका आधारमा एकलाख रूपैयाँसम्म मूल्यको भएमा डाँक बढावढद्वारा र एकलाख रूपैयाँभन्दा बढी मूल्यको भएमा बोलपत्रको माध्यमद्वारा यस नियमावलीबमोजिम लिलाम
गर्नु पर्नेछ ।
(१०) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम इजाजत लिएर मात्र बिक्री गर्न पाउने मालवस्तु लिलाम बिक्री गर्दा त्यस्तो इजाजतवाला व्यक्तिलाई मात्र लिलाम बिक्री गर्नु पर्नेछ ।
(११) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेशनल टेडिङ लिमिटेड, साल्ट टेडिङ कर्पोरेशन, साझा भण्डार लि., तारा गाउँ विकास समिति वा सहकारी संस्थाले भन्सारबाट लिलाम बिक्री गरिने मालवस्तु खरिद गर्न चाहेमा यस नियम बमोजिम कायम भएको न्यूनतम मूल्यमा कम नहुने गरी वार्ताद्वारा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्यमा भन्सार अधिकृतले सिधै बिक्री गर्न सक्नेछ ।
(१२) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐन बमोजिम कब्जा वा जफत गरिएका वा ऐनको दफा १३ को उपदफा (१५) को खण्ड (ख) बमोजिम खरिद गरिएको मालवस्तु मध्ये सड्ने, गल्ने वा पुरानो भई मूल्य घट्न जाने वा उपभोग्य मिति तीन महिनाभन्दा कम भएका मालवस्तु वा गोदाम वा स्थानको अभावले सुरक्षित राख्न नसकिने अवस्थाका मालवस्तु वा जीवजन्तु रहेछ भने भन्सार अधिकृतले कार्यालयको सूचनापाटीमा सूचना टास गरी त्यस्तो मालवस्तु आफूकहां दाखिला भएको दिन वा भोलिपल्ट लिलाम गर्न सक्नेछ । यस उपनियम बमोजिम मालवस्तु लिलाम गर्दा लिलाम बढाबढमा जे जति अधिकतम मूल्य प्राप्त हुन्छ सोही मूल्यकोे लिलाम भन्सार अधिकृतले स्वीकृत गर्न सक्नेछ ।
(१३) कुनै भन्सार कार्यालयमा भन्सार अधिकृतको दरवन्दी नै नभएको कारणले यस नियम बमोजिम मालवस्तु लिलामसम्बन्धी कारवाही गर्न बाधा पुगेमा यस सम्बन्धमा महानिर्देशकले आवश्यक व्यवस्था गर्न सक्नेछ ।
(१४) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि टर्मिनल व्यवस्थापन कम्पनीको स्वामित्वमा रहेका गोदाम वा स्थलहरूमा राखिएको वस्तु वा सामान लिलाम बिक्री गर्दा लिलाम बिक्रीबाट प्राप्त हुने रकमको दश प्रतिशत वा गोदाम भाडा बापतको रकममध्ये जुन कमी हुन्छ सो रकम टर्मिनल व्यवस्थापन कम्पनीलाई फिर्ता गरिनेछ ।
स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनका लागि “भन्सार अधिकृत” भन्नाले राजपत्राङ्कित श्रेणीको भन्सार कार्यालयको प्रमुख वा निजको अनुपस्थितिमा निजकोे निमित्त भै काम गर्ने निजको मातहातको कर्मचारीलाई जनाउँछ ।